बैतडीमा खैरो हेरोईनसहित एक जना पक्राउ
२०८३ असार ४, ०६:५५
बैतडीः बैतडीमा खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन्।
बैतडीको दशरथचन्द नगरपालिका–४ गोठलापानि बजारबाट अवैध लागूऔषध खैरो हेरोईन १४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय प्रविन भट्ट पक्राउ परेका हुन्। भट्टलाई वुधबार दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस