सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुडर–जोगबुढा सडकमा मापदण्ड विपरीत नाली निर्माण गरिएपछि भत्काईयो

२०७६ भदौ १८, १०:३२ खबर संवाददाता

रमेश धामी–बुडर–जोगबुढा सडक खण्डमा कमशल समाग्री प्रयोग गरी मापदण्ड विपरीत नाली निर्माण गरिएको भन्दै भत्काईएको छ। मंगलबार सडकको अनुगमन गरेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका सव इन्जिनीयर दुर्गा अवस्थी नेतृत्वको टोलीले नालीमा कमशल समाग्री प्रयोग गरेको भन्दै भत्काएको हो। सव इन्जिनीयर अवस्थीले अनुगमनका क्रममा स्टमेट अनुसार नाली निर्माण नभएको पाईएको जनाए।

उनले निर्माण व्यवसायीले नालीमा सिमेन्ट प्रयोग नै नगरी निर्माण गरेको, कमशल वालुवा प्रयोग गरेको भेटिएपछि नाली भत्काएर पुनः निर्माण गर्न निर्देशन दिइएको जानकारी दिए। बुडर देखि जोगबुढा सम्मको ३० किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा राजेन्द्र शर्मा जेभीले पाएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा उक्त सडक निर्माण भईरहेको छ। 

कमेन्ट लोड गर्नुस