सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर एक वृद्धाको मृत्यु

२०८३ असार १, ०७:१४ खबर संवाददाता

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–१ थाङलिङ निवासी ८० वर्षीया सौली ठेकरेको आइतबार थाङलिङबाट सल्लागाउँ जाने क्रममा सोही क्षेत्रको भिरबाट लडेर मृत्यु भएको हो। प्रहरीका अनुसार उनी करिब २०० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस