सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट फरार प्रतिवादी पक्राउ

२०८३ जेठ ३१, ११:२३ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–७ निवासी ३१ वर्षीय प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका रानालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस