धनगढीमा पर्स हरायो, भेटाउनेलाई पुरस्कार दिने
धनगढी: दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका–५ निवासी सुरेश सिह डागाकाे पर्स हराएको छ। एक हप्ता अघि उपचारका लागि धनगढी आएका रावलको बोराडाँडीस्थित कोठाबाट बजार जाँदै गर्दा हिजाे ११ देखी १२ बजेकाे समयमा बोराडाँडी चोक नजिक पर्स हराएको हो।
रावलका अनुसार यातायात मार्ग हुँदै बोराडाँडी चोक पार गरेर पसलमा जाँदा पकेटबाट पर्स हराएको थाहा भएको थियो। हराएको पर्समा नगद रु. २४,०००, राष्ट्रिय परिचयपत्र, मोबाइल फोनका बिल, बैंक भौचर तथा अन्य पसलका बिलहरू रहेका थिए।
पर्स भेटाउने महानुभावहरूले नजिकको प्रहरी कार्यालयमा बुझाइदिन वा प्रत्यक्ष रूपमा सम्पर्क गरिदिन उनले अनुरोध गरेका छन्। पर्स फेला पारेर बुझाउने व्यक्तिलाई उचित पुरस्कार प्रदान गरिने पनि उनले बताएका छन्।
सम्पर्क नम्बर: ९७६७५४४२३५