सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद

२०८३ जेठ २९, ०७:२४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान र भजनी नगरपालिका–७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ११ हजार २ सय बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीको चिनी, सुर्ति, बिडी, बिभिन्न किसिका बिद्युत लगायतका सामान बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।


 

कमेन्ट लोड गर्नुस