धनगढी र टीकापुरबाट लागूऔषधसहित २ जना पक्राउ
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर २ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले गुप्तालाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७० मिलिग्रामसहित सोही नगरपालिका–१ ब्लक नम्बर २३ बस्ने १८वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हा। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।