सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८३ जेठ २९, ०६:४२ खबर संवाददाता

कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ सालघारी बस्ने २० वर्षीय  बिक्रम कामी रहेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ कात्तिक २ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष ११ महिना ८ दिन कैद सजाय, ५० हजार जरिवाना र सोही मुद्दामा मिति २०८१ फागुन १५ गतेको फैसलाले २ वर्ष कैद सजाय र २५ हजार जरिवाना तोकिएपछि कामी फरार रहेका थिए। कामीलाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले विहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस