सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको छात्रवृत्ति पाउनेमा विज्ञान पढ्ने बढी, मानविकी पढ्ने २ जना मात्रै

२०८३ जेठ २८, ०७:३८ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले तीन शैक्षिक सत्रमा ९१७ विद्यार्थीलाई संस्थागत विद्यालयमा पूर्ण छात्रवृत्तिका लागि छनोट गरेको छ।
उपमहानगरले उपलब्ध गराएको तथ्याङ्कमा शैक्षिक सत्र २०८१ मा २७६ जना, २०८२ मा २८३ जना तथा शैक्षिक सत्र २०८३ मा ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।

यो वर्ष उपमहानगरले विज्ञान विषय पढ्न १७२ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ। विज्ञान विषय अध्ययन गर्न छनोट भएका १७२ जनामध्ये ९५ जना खुल्ला, २९ जना छात्रा, १२ जना दलित, ११ जना थारू/ रानाथारू, ९ जना खसआर्य, ७ जना आदिवासी जनजाति, पिक्षेडिएको क्षेत्रबाट ८ जना तथा मधेसी कोटामा एक जना विद्यार्थी छनोट भएका हुन्।

यस्तै, व्यवस्थापन अध्ययन गर्न १३७ जना छनोट भएका छन्। जसमध्ये खुला ९९ जना, छात्रा २१ जना, दलित ६, थारू/ रानाथारू ३ जना, खसआर्य एक जना, पिक्षेडिएको क्षेत्र ६ जना र अपाङ्गतर्फ एक जना छनोट भएको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ।
यो वर्ष होटल व्यवस्थापन अध्ययन गर्न २६ जना छनोट भएका छन्। जसमा खुलातर्फ १९ जना छात्रा दुई जना, दलित तीन जना, खसआर्य तथा पिक्षडिएको क्षेत्रबाट एक/एक जना छानो भएका छन्।

यो वर्ष कानुन विषय अध्ययन गर्न ९ जना छनोट भएका छन्। जसमा खुलातर्फ ६ जना तथा छात्रा, दलित र पिक्षडिएको क्षेत्रबाट एक/एक जना छनोट भएका छन्।

शिक्षा विषय अध्ययन गर्न यो वर्ष ८ जना छनोट भएका छन्। जसमा चार जना खुला, एक छात्रा, एक जना दलित, एक खसआर्य र एक जना पिक्षडिएको क्षेत्रबाट छनोट भएका हुन्।

उपमहानगरको छात्रवृत्तिमा मानविकी अध्ययन गर्न सबैभन्दा कम दुई जना मात्रै छनोट भएको उपमहानगरले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस