धनगढीबाट ३ लाखको भन्सार छलीका बोईलर कुखुरा नियन्त्रणमा
२०८३ जेठ २८, ०७:२६
धनगढीः धनगढीबाट ३ लाखको भन्सार छलीका बोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–७ बेलीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख बराबरको बोईलर कुखुरा र कुखुरा बोक्न प्रयोग भएको मोटरसाइकल २ थानसहित वुधबार अस्थायी प्रहरी पोष्ट जुगेडा र प्रहरी चौकी कनरी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस