सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विभिन्न एम्पुल र सिरिन्जसहित एक किशोर पक्राउ

२०८३ जेठ २८, ०७:१६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा विभिन्न एम्पुल र सिरिन्जसहित एक किशोर पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ बागवाणीबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, ब्रोफिन २१ एम्पुल र ५ एमएलको सिरिन्ज ३ थानसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई  वुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी किशोरलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस