सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीका एक युवक लागूऔषधसहित पक्राउ

२०८३ जेठ २८, ०७:१० खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

गोदावरी नगरपालिका-६ बडेहाबाट अवैध लागूऔषध खैरो हेरोईन २०० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुनिल रानालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले उनको घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस