सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर र कैलालीबाट ४ जना फरार प्रतिबादी पक्राउ

२०८३ जेठ २८, ०७:०७ खबर संवाददाता

धनगढीः कञ्चनपुर र कैलालीबाट ४ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

कञ्चनपुरबाट पक्राउ पर्नेमा बिद्युतिय कारोबार सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका–२ बस्ने ३२ वर्षीय शंकर राना र लागूऔषध खैरो हेरोइन मुद्दमा ३ महिना कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–२ भाँसि बस्ने २३ वर्षीय सिजन नेगी रहेका छन्। जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस्तै कैलालीबाट पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका–४ बस्ने दिपक सुनार र लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको भजनी नगरपालिका–६ बस्ने रुप भण्डारी रहेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै प्रतिवादीहरुलाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस