सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका ४८ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११–१२ छात्रवृत्ति

२०८३ जेठ २७, ०९:११ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले प्रदान गरेको कक्षा ११–१२ छात्रवृत्तिअन्तर्गत बझाङ जिल्लाका ४८ जना विद्यार्थी छनोट भएका छन्।

बझाङबाट विज्ञान संकायतर्फ १७, व्यवस्थापनतर्फ १८, शिक्षातर्फ ३, मानविकीतर्फ १, कानूनतर्फ ४ तथा होटल म्यानेजमेन्टतर्फ ६ जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएका छन्। जिल्लाबाट व्यवस्थापन र विज्ञान संकायमा सबैभन्दा बढी विद्यार्थी रहेका छन्।

छात्रवृत्ति कार्यक्रमले दुर्गम जिल्लाका विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कमेन्ट लोड गर्नुस