डोटीका ३२ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११–१२ छात्रवृत्ति
धनगढीः धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि डोटी जिल्लाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
डोटीबाट विज्ञान संकायतर्फ १०, व्यवस्थापनतर्फ १९, शिक्षातर्फ २ तथा होटल म्यानेजमेन्टतर्फ १ जना विद्यार्थी छनोट भएका छन्। व्यवस्थापन संकायमा सबैभन्दा बढी विद्यार्थी रहेका छन्।
एसईई परीक्षाको नतिजाका आधारमा छनोट भएका विद्यार्थीले संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन्।