सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्याउ खेती प्रवर्द्धनका लागि राज्य स्तरबाट पहल भएन

२०७६ भदौ १६, ११:४५ रोशन भट्ट

सुदूरपश्चिमका उच्च पहाडी र हिमाली गरी चार जिल्लामा स्याउ खेतीको पर्याप्त सम्भावना भएपनि प्रवर्द्धनका लागि सरकारी स्तरबाट पहल हुन सकेको छैन्। प्रदेशका चार जिल्ला दार्चुला, बाजुरा, बझाङ र बैतडीमा स्याउ खेतीको राम्रो सम्भावना रहेको छ। तर स्थानीय र प्रदेश सरकारले पनि व्यवसायीक रुपमा स्याउ खेती विस्तार गर्नका लागि आवश्यक पहल नगरेको पाईएको हो।

हुन त आर्थिक वर्ष २०८०÷०८१ सम्मका लागि दार्चुलामा प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तरगत स्याउ जोन कार्यक्रम लागु भएको छ। तर प्रभावकारी रुपमा संञ्चालन भने हुन सकेको छैन। जिल्लाको हिमाली क्षेत्रमा पर्ने व्यास गाउँपालिकाको व्यास, राप्ला र सुन्सेरा, अपी हिमाल गाउँपालिकाको खण्डेश्वरी, सितोला र नौगाड क्षेत्रमा पनि कार्यक्रम लागु भएको छ।

बैतडी, बझाङ र बाजुरा जिल्लामा पनि विभिन्न कार्यक्रम घोषणा भएका छन्। तर वषौँ पुरानो सडक सपना पुरा नहुँदा उत्पादन भएको स्याउले समेत बजार नपाउने गरेको बैतडीका स्याउ किसान देवदत्त भट्टले बताए। उनले भने स्याउमा लाग्ने किरा नियन्त्रणको लागी पनि कुनै निकायबाट सहयोग मिलेको छैन्।

अधिकार सम्पन्न मानिने स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रमा स्याउ खेती विस्तार गर्नको लागि प्रयास नगरेको पाईएको छ। खेतिमै संकलन भएका किसानहरुले फलाएका स्याउहरु पनि बजारिकरणको समस्याले वारीमा नै कुहिने गरेका छन्। हिमाली क्षेत्रमा फल्ने स्याउलाई जिल्ला सदरमुकाम सम्म पु¥याउनको लागि पनि सडक सञ्जालको अभाव देखिएको छ।

स्याउ वारीमा लाग्ने किरा नियन्त्रणको लागि समेत कुनै निकायद्धारा सहयोग नभएपछि पेशाबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको गुनासो किसानहरुको छ। दार्चुलाको दुहुँ गाउपालिकाका अध्यक्ष पलेन्द्र बहादुर कार्कीले समेत आपेक्षाकृत रुपमा स्याउ खेतीलाई प्रवद्र्धन गर्न नसकेको स्वीकार गर्छन्।

कृषिबाटै सम्बृद्धिको नारा लगाई रहेको सुदूरपश्चिम प्रदेश सरकारले मागमा आधारित बजेट दिने भने पनि स्याउ खेतीका लागि अलगै बजेट विनियोज नगरेको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उप–सचिव खगेन्द्र प्रसाद शर्माले बताए।

अहिले पनि प्रदेशका ८८ वटै स्थानीय तहहरुमा मुख्यमन्त्री कृषि कार्यक्रम लागु गर्ने भनिएको छ। यो संगै कृषि निर्देशनालय र अन्य संघसंस्थाहरुले पनि कृषि कार्यक्रमहरु संञ्चालन गरिरहेका छन्। तर कुनै पनि निकायको कार्यक्रममा स्याउ खेतीलाई व्यवसायिक रुपमा विस्तार गर्ने योजना अटाएको छैन।

समुद्री सतहबाट दुई हजार पाँच सय देखि तीन हजार पाँच सय मिटर उचाई सम्मको भू–भागमा स्याउ उत्पादन गर्न सकिन्छ भने अहिले आएर जलवायु परिर्वतनका कारण अधिकासं स्थानमा स्याउ फल्न समेत छोडिसकेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस