सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलिका सामान बेवारिसे अवस्थामा बरामद

file photo
file photo
२०८३ जेठ २३, ११:५० खबर संवाददाता

कैलाली: कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चौराहाबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य रु. ३३ हजार ५ सय बराबरका विभिन्न सामान बरामद गरिएको छ।

शुक्रबार अस्थायी प्रहरी पोस्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका मिठाई, धोती, पानीपुरी, प्लास्टिक झिल्ली लगायतका सामान फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस