सुदूर नेपाललाई विश्वसँग जोड्दै

दून एकेडेमीयाद्वारा विश्व वातावरण दिवसमा सरसफाइ तथा वृक्षरोपण

२०८३ जेठ २२, ०८:५१ खबर संवाददाता

धनगढी: विश्व वातावरण दिवस २०२६ को अवसरमा धनगढीस्थित दून एकेडेमीले विद्यालय आसपासको क्षेत्रमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको छ।

विद्यालयका अनुसार वातावरण संरक्षण र सरसफाइप्रति समुदायलाई सचेत गराउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय वरिपरि करिब ५०० मिटर क्षेत्रफलमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। अभियानका क्रममा वातावरण संरक्षणसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र ब्यानरसहितको र्‍याली समेत निकालिएको विद्यालयले जनाएको छ।

र्‍यालीपछि विद्यालय प्राङ्गण तथा आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। धनगढी उपमहानगरपालिकाका सरसफाइ अभियान प्रमुख रवि तामाङको समेत उपस्थिति रहेको विद्यालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक आर.पी. उपाध्याय तथा सरसफाइ संयोजक राजेश मल्लले स्वच्छ वातावरण र सरसफाइको महत्वबारे धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिकाका प्रतिनिधि रवि तामाङले वातावरण संरक्षण र सरसफाइको संस्कार विद्यालय तहबाटै विकास गर्नुपर्ने आवश्यकता औँल्याए। उनले दून एकेडेमीले सञ्चालन गरेको कार्यक्रम उदाहरणीय रहेको बताए।

विश्व वातावरण दिवसको महत्व र यसका चुनौतीबारे आयोजित अन्तरक्रियामा कक्षा ८ का विद्यार्थी एन्जल राई तथा कक्षा ५ की छात्रा जाइना फातिमा र दीक्षा जोशीले आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कमेन्ट लोड गर्नुस