सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा पार्टी सुदूरपश्चिमद्धारा तीज र अट्वारीको शुभकामना आदान प्रदान

२०७६ भदौ १५, ०९:५१ खबर संवाददाता

साझा पार्टी सुदूरपश्चिमले तीज र अट्वारीको शुभकामना आदान प्रदान गरेको छ। हिन्दु महिलाहरुको चाँड तीज र थारु समुदायको अट्वारी पर्वको अवसरमा कैलालीको अत्तरियामा शुभकामना आदान प्रदान गरेको हो। पार्टीको सुदूरपश्चिम अभियान विभागले अत्तरियाको महिला तथा बालबालीका शेभ हाउसका बालबालीकालाई दर खुवाएर शुभकामना आदान प्रदान गरेको छ। 
कार्यक्रममा  साझा पार्टीका गोदावरी नगर संयोजक योगेन्द्र हमाल र क्षेत्रीय संयोजक धनबहादुर वोगटीले तीज र अट्वारीको शुभकामना दिए। साझा पार्टीले तीज तथा अट्वारी पर्वको अवसरमा प्रदेशका विभिन्न अनाथ तथा शेभ हाउसका बालबालीकालाई दर खुवाउने कार्यक्रमको आयोजना गर्दै आएको छ। बालबालीकालाई न्यास्रो नलागोस भनेर कार्यक्रमको आयोजना गरिएको साझा पार्टीका सुदूरपश्चिम अभियान विभाग प्रमुख विनोद मल्लले बताए। 

कमेन्ट लोड गर्नुस