सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा भट्ट नियुक्त

। फोटो स्रोत ।
२०७६ भदौ १५, ०७:३० खबर संवाददाता

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा दीपक भट्ट नियुक्त भएका छन्। स्वास्थ्य सेवा विभागमा कार्यरत जनस्वास्थ्य अधिकृत भट्टलाई मन्त्रिस्तरीय निर्णयबाट परिषद्को निमित्त रजिस्ट्रारमा कामकाज गर्नेगरी नियुक्त गरिएको हो। परिषद् लामो समयदेखि रजिस्ट्रारविहीन थियो। रजिस्ट्रार नहुँदा परिषद्मा लाइसेन्स वितरण लगायतका प्रशासनिक कामकाज प्रभावित भएको थियो।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले रजिस्ट्रार नियुक्त गर्न गत साउन १९ गते पत्र पठाएको थियो। सोही पत्रका आधारमा भट्टलाई नियुक्त गर्ने निर्णय भएको हो। उनले आजै रजिस्ट्रार नियुक्तिको पत्र बुझेका छन्। 
 

कमेन्ट लोड गर्नुस