सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा छोरीलाई मात्र सन्तानको रुपमा स्विकार्ने दम्पतीलाई सम्मान

२०७६ भदौ १५, ०६:२९ डीवि विष्ट

बझाङको तल्कोट गाउँपालिका ५ घर भएका रमेस प्रशाद उपाध्याय र उनकी पत्नी शान्ती देबी उपाध्याय राष्ट्रसेवक कर्मचारी हुन्। क्याम्पसमा पढ्दा पढ्दै बैबाहिक सम्बन्धमा बाधिएका उनीहरुको एक छोरी जन्मीएपछि रमेशले परिबार नियोजन गरे।

 शान्ती गर्भवती हुँदा श्रीमान् श्रीमतीले सल्लाह गरे अनुसार उनिहरुले छोरा होस या छोरी होस एउटा मात्र सन्तान जन्माउने सहमती गरेका थिए। छोरीको जन्म भयो, बोल्न नसक्ने र कान नसुन्ने छन्। अहिले आएर छोरीलाई मात्र सन्तानको रुपमा स्वीकार गर्ने दम्पतीलाई एक समारोहमा सम्मान गरेपछि रमेस र शान्ती आफुहरुले सही निर्णय गरेको भन्दै खुशी भए। जिल्ला समन्वय समितीको समन्वयमा प्रतिनिधी सभा सदस्य आसा बिकको पहलमा जिल्लाका छोरीलाई मात्र सन्तानको रुपमा स्वीकार गर्ने दाम्पतीहरुलाई सम्मान गरेपछि उपाध्याय दम्पती जस्तै अन्य आठ वटा जोडीहरु पनि खुशी भएका थिए। 

आईतबार सदरमुकाम चैनपुर बझाङका आठ वटा दम्पतीहरुलाई छोरीलाई मात्र सन्तानको रुपमा स्वीकार गरेको भन्दै सम्मान गरिएको हो। सम्मान भएका जोडीमा दुर्गाथली गाउँपालिकाका गिरी जप्रेल र डल्ली देबी जप्रेल, छबिसपाथीभेरा गाउँपालिकाका दमन भण्डारी र प्रमिला भण्डारी, जयपृथ्बी नगरपालिकाका कलक ओली र धौली देबी ओली, साईपाल गाउँपालिकाका बलभान बिक र खिउटी देबी बिक, मष्टा गाउँपालिकाका राम सिगें आग्री र पदमकला आग्री र जयपृथ्बी नगरपालिका ऐन बहादुर सिंह र डम्मरा देबी सिहं रहेका छन्। 

वडा अध्यक्ष समेत रहेका कलक ओलीले लागातार ३ छोरी भई सकेपछि आफुले छोरीलाई पनि छोरा जस्तै मानेर छोराको आश नगरि परिबार नियोजन गरेको बताए। अर्का गिरी जप्रेल, दमन भण्डारी, कुलगिरी धामी बलमान बिक राम सिहं आग्री र ऐन बहादुर सिंहले पनि एक दुई वटा छोरी पाए पछि परिबार नियोजन गरेर छोरीलाई छोरा सरह मान्दै आएका हुन्।

बझाङको सामाजिक मुल्यमान्यता अनुरुप छोरा नभए अपताली पर्योे भन्ने र छोरीलाई सन्तानको रुपमा स्वीकार नगर्ने र पराई घर जाने जात त होनी भनेर हेला गर्ने मान्यतालाई तोड्दै छोरीलाई पनि छोरा सरह सम्मान गरेर लैगिंक बिभेदलाई हटाउन लाई उहिहरुलाई सम्मान गरिएको प्रतिनिधी सभा सदस्य आसा बिकले बताईन्।

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस