सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पेनमा प्रवासी नेपाली एकता मञ्च गठन

२०७६ भदौ १५, ०५:१२ खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च स्पेनको संयोजकमा हेम शेर्पा चयन भएका छन्। पूर्व एमाले र माओवादी केन्द्रबीच २०७४ जेठमा एकता घोषणा भए पनि स्पेनमा रहेको दुवै पार्टीसम्बद्ध भातृ संगठनले एकताको काम सकेका थिएनन्। दुवै पार्टीसम्बद्ध प्रवासी संगठनको एकतापछि बनेको संगठनको नाम प्रवासी नेपाली एकता मञ्च भएको छ। 

शेर्पा संयोजक रहेको प्रवासी नेपाली एकता मञ्चको सचिवमा अशोक किरण न्यौपाने छन्। मञ्चको ३५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन भएको नेपाली जनप्रगतिशिल मञ्चका पुर्व युरोप महासचिव गंगा भुषालले जानकारी दिए। 
संयोजकमा पूर्व एमाले र सचिवमा पूर्व माओवादी केन्द्रले भागबण्डा गरेको हो। एकतापछि संयोजक शेर्पाले प्रवासमा रहेका नेपालीको हितमा संस्थाले जिम्मेवार भएर काम गर्ने बताए।

पूर्व माओवादीसम्बद्ध नेपाली प्रगतिशील मञ्चका तत्कालीन अध्यक्ष अर्जुन आचार्यलाई युरोप कमिटिमा पठाउने सहमतिपछि मञ्चको संयोजकमा पूर्व एमालेका शेर्पालाई चयन गरिएको हो ।  
 

कमेन्ट लोड गर्नुस