सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र बैंकले भन्यो - कुनै पनि खाताबाट रकम झिकिएको छैन

२०७६ भदौ १५, ०२:३१ खबर संवाददाता

राष्ट्र बैंकले भने कुनै पनि खाताबाट रकम नझिकिएको जनाएको छ। साथै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘केही बैंकको एटिएमको सिस्टममा समस्या आएको छ, एटिएमबाट पैसा निकाल्न मिलेको छैन। तर, कुनै पनि बैंक खाताबाट गैह्र कानुनी रुपमा पैसा निकालिएको छैन।’ 

ह्याकरले एटिएमको पैसा झिके पनि व्याक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनले दावी गरे। एक दर्जन भन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्टोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याको विषयमा छलफल भइरहेको छ। सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सुरक्षा निकायले भने सिस्टम ह्याक गरेका कारण एटिएम मेसिन नचलेको दाबी गरेका छन्। प्रहरी उच्च स्रोतका अनुसार शनिबार राति एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ नगरिकको समूहकै कारण सिस्टममा समस्या आएको हो। यद्यपी, यसको आधिकारी पुष्टि भने भएको छैन। यसअघि प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्ग्स्थित एक होटलबाट पक्राउ गरेको हो। परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ। नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक जना पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको खुलेको थियो।

 

कमेन्ट लोड गर्नुस