सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपायल विमानस्थलको निर्माण अन्तिम चरणमा, पाटनमा कालोपत्रेको तयारी गरिदै

२०७६ भदौ १५, १२:२९ रोशन भट्ट

निर्माणाधिन अवस्थामा रहेको डोटीको दीपायल विमानस्थलको कार्य अन्तीम चरणमा पुगेको छ। ठेक्का सम्झौता अनुसार गत असारमा निर्माण सम्पन्न गर्नु पर्ने भएपनि निर्माण व्यवसायीसंगै सरोकारवाला निकायहरुको लापरवाहीका कारण झण्डै एक बर्षपछि निर्माण अन्तिम चरणमा पुगेको हो।

दिपायल विमास्थलसंगै निर्माण सुरु गरिएको अछामको साफेवगर विमानस्थल र देशका अन्य विमानस्थलको निर्माण कार्य समयमै सकिएर सुचारु समेत भईसकेको छ। सवा ११ करोडको लागतमा निर्माण भईरहेका दीपायल विमानस्थल विगत १७ वर्षदेखि गौ चरणमा परिणत भएको थियो। विमानस्थल मार्किङ गर्ने काम भने सुरु हुन सकेको छैन।

दीपायल विमानस्थलमा पाँच सय ९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्र गरिएको छ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिएको छ। यता बैतडीको पाटन विमानस्थलमा भने कालोपत्रेको तयारी बल्ल हुन थालेको छ।

निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउदै ढिलासुस्ती गरेकाले पाटन विमानस्थलमा अहिले आएर कालोपत्रेको तयारी भईरहेको हो। ठेक्का सम्झौता अनुसार गत असारमा निर्माण सम्पन्न गर्नु पर्ने भएपनि निर्माण व्यवसायीसंगै सरोकारवाला निकायहरुको लापरवाहीका कारण दोस्रो असार वितिसक्दा समेत निर्माण कार्यले पुर्णता नपाएको हो।

निर्माण व्यवसायीको तर्फबाट पाटन विमानस्थल हेरिरहेका प्राविधिक पुरनदेव रावालले सुरुवातमा भएको लापरवाहिका कारण ढिलाई भएपनि अहिले आएर कालोपत्रेको तयारी भईरहको बताए। पाटन र दीपायल विमानस्थल निर्माण कार्य सम्पन्न भए आर्थिक गतिविधि बढ्ने छन्, होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष दीपक वहादुर खड्काले भने, पर्यटन प्रवद्र्धनमा पनि कोषेढुङगा सावित हुने छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस