कैलालीको गोदावरीमा एक गोठमा आगलागी
२०८३ जेठ १२, ०७:१२
धनगढीः कैलालीको गोदावरीमा एक गोठमा आगलागी भएको छ।
गोदावरी नगरपालिका–९ बल्मी बस्ने लक्ष्मीदेवि जोशीको गाई/गोरु बाँध्ने गोठमा सोमवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा गोठ र गोठ भित्र रहेका काठ, भुसा, पराल लगायतका सामान गरि अन्दाजी मुल्य १ लाख ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो। आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको, आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
कमेन्ट लोड गर्नुस