सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय कैलालीमा सेवाग्राहीलाई सास्ती झनै बढ्यो

२०७६ भदौ १४, ०१:२१ रोशन भट्ट

शुक्रवार विहान करिव ११ बजे यातायात व्यवस्था कार्यालय कैलालीमा पुग्दा धेरै सेवाग्राही अन्यौलमा थिए। ११ बजिसक्दा समेत कार्यालयमा कर्मचारी नभेटिएपछि उनीहरु कार्मचारीको पर्खाईमा थिए। सोही भिडमा धनगढीका लक्ष्मीदत्त भट्ट पनि भेटिए, उनी सवारी साधनको जाँचपास गर्नको लागि यातायात कार्यालय पुगेका थिए। उनले आवश्यक पर्ने कागजपत्रहरु सबै जुटाएकाले अन्य काम सहजै संग भयो तर एउटा पत्रमा भने कार्यालय प्रमुखको हस्ताक्षर आवश्यक पर्ने भएकाले उनी अन्यौलमा देखिन्थे।

कार्यालय फ्रमुख विहिन भएको जानकारी पाएपछि उनी झनै अन्यौलमा परे। धनगढी उप–महानगरपालिकाकै वडा नम्बर ८ का स्थानीय विसराम चौधरी पनि रोड प्रमिटको पत्र बनाउन उक्त कार्यलय पुगे। रोड प्रमिट नपाएपछि चौधरी पनि अन्य परामर्शका लागि कार्यालय प्रमुखको खोजी गर्दै थिए। यि त केही उदाहरण मात्रै हुन्, अनियमितताको अखडा बन्दै गएको यातायात व्यवस्था कार्यालय कैलालीमा सेवाग्राहीलाई सास्ती झनै बढेको हो।

सवारी दर्ता र नविकरणदेखि सवारी चालक अनुमती पत्रको परिक्षा दिनका लागि पनि सेवाग्राहीलेसास्ती बेहोर्न परिरहेको हो। विहिवार कार्यालय प्रमुख सहित तीन जना अख्तियारको फन्दामा परेपछि झनै अन्यौलता बढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महेन्द्रनगरको टोलीले यातायातका प्रमुख गम्भीर सिंह विष्ट, शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगरलाई एक लाख ६६ हजार एक सय रुपैयाँ घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको थियो।

यातायात व्यवस्था कार्यालय कैलाली लामो समयदेखि प्रमुख विहिन भएको अवस्थामा निमित्त पनि अख्तियारको फन्दामा परेपछि अहिले सेवा ाउन झनै ढिलासुस्ती हुने गरेको छ। कार्यालय सरे पछि मात्र तीन जना प्रमुख फेरिए पनि सेवाप्रवाहामा भने कुनै सुधार आउन नसकेको गुनासो सेवाग्राहीको छ। कर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी जगदीश जोशीले भने यातायात कार्यालयको अवस्था बारे कुनै आधिकारी जानकारी नआएको बताए।

पुरानो कार्यालय साघँुरो भएका कारण सेवा प्रवाहामा असजहता भएको बताउँदै आएको यातायात व्यवस्था कार्यालय सुविधा सम्पन्न भवनमा सरेपनि सेवा प्रवाह सहज भएको छैन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस