सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  पक्राउ

२०८३ जेठ १०, ०४:३१ खबर संवाददाता

कञ्चनपुर: कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. १ नौरङ्गा बस्ने ३३ वर्षीय सेबराज राना (सेनराज) लाई पक्राउ गरेको हो।

सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ साल १० महिना ०८ गतेको फैसलाले रानालाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो। अदालतको फैसला लगत्तै फरार रहँदै आएका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रानालाई आवश्यक कारबाहीका लागि अदालतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस