सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा आँखा, कान र मुखमा कालोपट्टी बाँधेर धर्ना

२०७६ भदौ १४, ०६:३० खबर संवाददाता

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दीपायलमा कार्यरत तीन जना सञ्चारर्मीलाई बिना कारण निष्काशन गरिएको विरोधमा डोटीमा आन्दोलन जारी छ। सोही क्रममा आँखा, कान र मुखमा कालोपट्टी बाँधेर धर्ना दिईएको छ। नेपाल पत्रकार महासंघ डोेटी शाखाले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा शुक्रबार धर्ना दिएको हो। 

‘यो सरकारको रवैया हेर्दा जनतालाई अन्धो, बहिरो र लाटो होउन भन्ने चाहना राख्छ भन्ने बुझिन्छ,’ नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले भने, ‘कर्तव्यनिष्ठ भएर जनतालाई सुसूचित गरिरहेका सञ्चारकर्मीलाई तानाशाही प्रबृत्तिबाट निष्काशन गर्नु त्यसैको संकेत हो।’ 

भदौबाट लागु हुने गरी रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दीपायलमा कार्यरत नेपाल पत्रकार महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सह सचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निष्काशन गरेको थियो। उनीहरुको पुनर्वहालीको माग गर्दै डोटी शाखाले भदौ ४ गतेबाट धर्ना लगायत संघर्षका कार्यक्रम गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस