टीकापुरमा सशस्त्र प्रहरीको तालिमका क्रममा ८ जवान बेहोस
धनगढी: कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा सात जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन्।
सशस्त्र प्रहरी जवानको आधारभूत तालिमअन्तर्गत २ सय मिटर दौड गर्ने क्रममा उनीहरू एकाएक बेहोस भएका हुन्। बेहोस हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।
बेहोस भएका उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
बिहान ९ बजे बेहोस भएका उनीहरूलाई सुरुमा टीकापुर अस्पतालमा उपचारका लागि लगिएको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ।