बझाङमा चरेससहित दुई युवक पक्राउ
२०८३ जेठ ८, ०७:५८
बझाङः बझाङको जयपृथ्वी नगरपालिका–३ भिडमुनीबाट प्रहरीले अवैध लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रबिन दमाई र सेर बहादुर दमाई रहेका छन्। उनीहरूको साथबाट ७ ग्राम ६ सय ७० मिलिग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस