सुदूर नेपाललाई विश्वसँग जोड्दै

तालिम शिक्षालय बनवेहडाका एक सय ११ सशस्त्र प्रहरी जवान दिक्षित

फोटो: जिवन गुरुङ
फोटो: जिवन गुरुङ
२०७६ भदौ १३, ०५:२० खबर संवाददाता

कैलालीमा एक सय ११ जना सशस्त्र प्रहरी जवान दिक्षित भएका छन्। गौरीगंगा नगरपालिका वडा नम्बर ६ बनवेहडामा रहेको सशस्त्र प्रहरी बल, नेपाल बडिमालिका तालिम शिक्षालयमा आधारभुत तालिम लिए एक सय ११ जना दिक्षित भएका हुन्।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गोविन्द क्षेत्रीले दिक्षीत गरेका हुन्। एक सय ११ जवानहरु आधारभुत तालिममा दिक्षीत भएका सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले बताए। एक सय १५ जना तालिममा सहभागि भएका थिए।

उनीहरु मध्य दुई जना भागेको र दुई जना शारिरीक अशक्तताका कारण अनुत्तिण भएको उनले जानकारी दिए। जवानहरुलाई प्रशिक्षण, छलफल, अभ्यास, श्रव्यदृष्य लगायतका विधिबाट तालिम दिइएको सशस्त्र प्रहरी बल, नेपाल बडिमालिका जवान तामिल शिक्षालयले जानकारी दिएको छ। भदौ २ गतेबाट तालिम सञ्चालन भएको थियो। कैलालीको वनबेहडामा २०५८ साल बैशाख २४ गते बडिमालिका गणको स्थापना भएको थियो। 

 

कमेन्ट लोड गर्नुस