सुदूर नेपाललाई विश्वसँग जोड्दै

चट्याङ लागेर २ सय ५० भेडा मरे

। फोटो स्रोत ।
२०७६ भदौ १३, १२:४५ खबर संवाददाता

जुम्लामा चट्याङ लागेर २ सय ५० भेडा मरेका छन्। जिल्लाको तिला गाउँपालिका – ६ पाटनमा  बिहीबार  चट्याङ लागेर २५० ओटा भेडा मरेका हुन्। 

स्थानीय नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडा मरेको स्थानीयवासी महाविर रावतले जानकारी दिए। चट्याङ लागेर महाविर रावत घाइते भएका छन्।

व्यावसायिक रुपमा  भेडा पालेर बसेका किसानको चट्याङ लागेर भेडा मरेपछि  परिवारको घरखर्च चलाउन समस्या भएको नुनिलाल रावतले बताए। उनले भने, ‘चट्याङले हामी किसानको रोजिरोटी खोसेको छ।’

जुम्लामा कहिले हिमपातले त कहिले चट्याङको मारमा  किसान पर्दै आएका छन्। यो वर्ष हिउँदे सिजनमासमेत हिमपातले सयौँ भेडा मरेका थिए।
 

कमेन्ट लोड गर्नुस