सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा झण्डै दुई करोडको लागतमा थारु संग्रहालयको निर्माण सम्पन्न

२०७६ भदौ १३, १०:४८ रोशन भट्ट

धनगढीमा संघीय सरकारको बजेटमा सघन सहरी विकास कार्यक्रम अन्तरगत थारु संग्रहालयको निर्माण कार्य सम्पन्न भएको छ। धनगढी उप–महानगरपालिकाका वडा नम्बर ७ पटेलामा संग्रहालयको निर्माण कार्य सम्पन्न भएको हो।

२०७४ को असार देखि निर्माण सुरु गरिएको संग्रहालयको निर्माण कार्य २०७६ असारमा सम्पन्न भएको निर्माण व्यवसायी किसोर ठकुराठीले बताए। दुई वर्षको निर्माण अवधि राखेर भवन निर्माणको कार्य सुरु भएकोमा निर्धारित समयमा नै काम सम्पन्न भएको उनले बताए।

राजेन्द्र रुद्रावती जेभीले निर्माण गरेको भवन भित्र एउटा हल, टिकेट काउन्टर, अवलोकन गर्न मिल्ले सानो भवन लगायका अन्य संरचनाहरु निर्माण गरिएको छ। झण्डै दुई करोडको लागतमा निर्माण गरिएको उक्त संग्रहलयले थारु पहिचार संगै संस्कृती संरक्षणमा टेवा पुगाउने विश्वास गरिएको छ।

थारु संग्रहालय पनि सञ्चालनका लागि धनगढी उप–महानगरपालिकालाई नै हस्तान्तरण गरिने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई धनगढी ईन्जिनियर श्याम चन्द्र बुढाथोकीले बताए।

‘प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा थारु संग्रहलय निर्माण भएपछि लोप हुन लागेको थारु संस्कृती संगै पहिचान तथा परिकारको संरक्षणमा टेवा पुग्ने छ,’ उनले भने, ‘ओझेलमा परेका अन्य सस्ंकृतीलाई पनि नयाँ पुस्ताले चिन्ने मौका पाउने छन्।’

पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने भएकाले आर्थीक गतिविधी बढ्ने विश्वास गरिएको छ। असारमै निर्माण कार्य सम्पन्न भएको भएपनि हस्तान्तरणको काम भने बाँकी छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस