सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलिका बोइलर कुखुरा सहित एक जना पक्राउ

२०८३ वैशाख २९, ०२:१२ खबर संवाददाता

कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–१९, फुलबारी क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका बोइलर कुखुरा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ अन्दाजी मूल्य रु. १ लाख ८५ हजार ९ सय बराबरका बोइलर कुखुरा र मोटरसाइकल एक थान सहित स्थानीय ३९ वर्षीय टिकाराम चौधरीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अवैध रूपमा भित्र्याइएका कुखुरा मोटरसाइकलमा ओसारपसार भइरहेको अवस्थामा फेला परेपछि चौधरीलाई नियन्त्रणमा लिइएको हो। बरामद गरिएका कुखुरा, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस