सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका खोलाहरुमा बाढी, जोखिममा बस्ती

२०७६ भदौ १२, ०२:२५ प्रकाश सिंह

बाजुराको बडिमालिका नगरपालिका ८ मा रहेको गडखेत टोल पुरै बाढीको जोखिममा रहेको छ। गाँउ नजिकै रहेको बाउली र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेको वडा सदस्य नर बहादुर अयडिले बताए। सधैका बर्ष नदिले कटान गर्दै आएको भएपनि कतै बाट तटबन्धन र नदिको ब्यबस्थापन नभएको स्थानिय प्रकाश अयडिले बताए। नगरपालिका लगायत अन्य निकायमा पहल गर्दा पनि कतै बाट पनि वास्ता नभएको उनले आरोप लगाए।

खारगाडमा झोलुंगे पुल नहुँदा बडिमालिका नगरपालिका ३ का बासिन्दालाई आवतजावत गर्न पनि समस्या भएको छ। ‘पानी परेको दिनमा खोलामा बाढी आइहाल्छ, बाढि आएपछि आउन जान निकै समस्या छ’ चोयाकोट माबिकी प्रधानाध्यापक दिमा सुब्बाले भनिन्। स्थानिय बासिन्दालाइ घास दाउराका लागि जंगल जान पनि समस्या छ।

वडा नम्बर ३ बाट नियमित सदरमुकाम मार्तडी तरकारी, दुध, दाउरा ल्याएर आउने गरेका छन्। खारगाडा नदिमा पुल नहँुदा कहिले नदि बाट फर्कने गरेको कहिले जोखिम मोलेर नदि तर्ने गरेको वडा नम्बर ३ का अध्यक्ष बिर बहादुर रावलले बताए। बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले भनिन्, ‘नदिको कटान र नदिको माथिबाट पहिरो बग्ने भएकाले तलको बस्ति जोखिममा छ, जग्गा धेरै कटान भइसकेको छ, समयमै नदि व्यवस्थापन नगरे बस्ती नै बिस्थापित हुन सक्छ।’
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस