सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका मेयर वीरेन्द्र भट्टको सरकारी स्कार्पियो दुर्घटना, गाडीमा सामान्य क्षति

२०८३ वैशाख २७, ०९:०३ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी शनिबार राति अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा परेको छ।

मेयर आफैंले चलाइरहेको गाडी सडक किनारको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ कि सुदूरपश्चिम प्रदेश नं. ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ।

प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकोले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस