सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीबाट सञ्चारमन्त्री बाँस्कोटालाई ‘बिग्रेको रेडियो’ उपहार

२०७६ भदौ १२, ०१:३६ खबर संवाददाता

नेपाल पत्रकार महासंघ डोटी शाखाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ। रेडियो नेपाललाई राजनीतिक हस्तक्षेप गरी बिगार्ने काम गरेकोे आरोप लगाउदै रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल मार्फत बिग्रेको रेडियो उपहार पठाइएको हो।

उक्त रेडियो रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलका प्रमुख बौएलाल चौधरीलाई हस्तान्तरण गरिएको छ। रेडियो नेपालले बिनाकारण प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्काशन गरेपछि चरणवद्ध आन्दोलनमा रहेको महासंघले विग्रेको रेडियो पठाएको हो। 

महासंघ डोटी शाखाले भदौ ३ गतेदेखि निरन्तर आन्दोलनका कार्यक्रम गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस