सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सघन सहरी विकास कार्यक्रम मार्फत ५० किलोमिटर सडक कालोपत्रे

२०७६ भदौ १२, ११:४३ रोशन भट्ट

आर्थिक वर्ष २०७३/०७४ देखि लागु भएको सघन सहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा ५० किलोमिटर सडक कालोपत्रे भएको छ। तराई–मधेसका जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रुपमा विकास गरी आधुनिक सहरमा रुपान्तरण गर्ने योजना अनुसार लागु भएको कार्यक्रम अन्तरगत धनगढीमा ५० किलोमिटर सडक कालोपत्रे भएको हो।

करिव ९२ किलोमिटर सडक कालोपत्रे गर्ने योजना सहित निर्माण कार्य सुरु गरिएकोमा पहिलो प्याकेजको ५० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजन कार्यान्वयन इकाई धनगढीका ईन्जिनियर झंकर थापाले बताए। 

‘बाकी ४२ किलोमिटर सडक निर्माणाधिन अवस्थामा रहेको छ,’ उनले भने, ‘५० किलोमिटरमा १९ वटा सडक परेका छन भने ४२ किलोमिटरमा १८ वटा सडक कालोपत्रे भईरहेका छन्।’ सघन सहरी विकास कार्यक्रम लागु भएपछि सडक निर्माण संगै धनगढीको उर्मामा जडिबुटी प्रशोधन केन्द्र, कनरी पार्क, धनगढी वसपार्कको निर्माण कार्य सम्पन्न भएको छ भने वडा नम्बर ७ पटेलामा निर्माणाधिन अवस्थामा रहेको थारु संङग्रहलयको काम पनि अन्तीम चरणमा पुगेको उनले जानकारी दिए।

उनका अनुसार धनगढीकै फुलवारीमा ९ करोड २८ लाखमा कोल्ड स्टोर निर्माण गर्नको लागि गत मंसिरमा नै सम्झौता भएको थियो। जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रुपमा विकास गरी आधुनिक सहरमा रुपान्तरण गर्ने उद्देश्यका साथ लागु भएको सघन सहरी विकास कार्यक्रमले यस क्षेत्रको आर्थीक तथा व्यसायीक क्षेत्रलाई टेवा पुगाएको विश्वास लिईएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस