सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा भएको आइपिएस तालिमको आउट डोर विधामा इन्सपेक्टर खड्का उत्कृष्ठ

२०७६ भदौ ११, ०९:४० खबर संवाददाता

भारतमा भएको आइपिएस (इन्डिया पुलिस सर्भिस) तालिमको आउट डोर विधामा इन्सपेक्टर कृष्ण खड्का उत्कृष्ठ भएका छन्। भारतको हैदरवादस्थित सरदार बल्लभ भाई पटेल नेशनल पुलिस एकेडेमीमा भएको आइपिएस तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) खड्का उत्कृष्ट भएपछि भारतका गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मान गरेका छन्। 
तालिममा नेपाल प्रहरीबाट ५ जना इन्सपेक्टर सहभागि भएका थिए। खड्कासँग इन्सपेक्टरहरु बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामाले तालिममा सहभागिता जनाएका थिए। भुटानबाट ६ जना, माल्दिभ्सबाट ४ जना, र भारत र नेपाल गरी एक सय तीन जना तालिममा सहभागि थिए। 

 

कमेन्ट लोड गर्नुस