सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा दुर्घटनाः मृतकको सनाखत, दुई जना घाईते

२०७६ भदौ ११, १२:०८ खबर संवाददाता

डडेल्धुरामा आज विहान भएको जीप दुर्घटना परि ज्यान गुमाएकी एक महिलाको सनाखत भएको छ। जिल्लाको अजयमेरु गाउँपालिकाबाट सदरमुकाम आउँदै गरेको म १ ज २१० नम्वरको जीप भागेश्वर गाउँपालिकाको डुङरी भन्ने स्थानमा आज बिहान दुर्घटना हुदा एक महिलाको मृत्यु भएको थियो।

बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्वर ७ की ६५ बर्षीय मानमती चन्दको दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको हो। यस्तै दुर्घटनामा घाईते भएका दुई जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाईएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक धर्मसिंह विष्टले घाईते मृतक चन्दका श्रीमान जयवहादुर चन्द र सोही ठाउँकी निरादेवी पन्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको बताए।

अन्य सामान्य घाईतेको नजिकै रहेका स्वास्थ्य सस्थामा उपचार भईरहेको समेत उनले बताए। उकालोमा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा २२ जना सवार रहेका थिए। 
 

कमेन्ट लोड गर्नुस