सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ४० दिनमा बरामद गरिएका चोरीका १९ मोटरसाईकलको सवारी धनी खुल्न सकेन

२०७६ भदौ ११, ०७:०५ खबर संवाददाता

कैलाली जिल्लामा मोटरसाईकल चोरीमा गिरोह नै सक्रिय भएको छ। पछिल्ला डेढ महिना यता दैनिक रुपमै मोटरसाईकल चोरी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पछिल्ला ४० दिनको अवधीमा बरामद गरिएका चोरीका १९ मोटरसाईकलको सवारी धनी खुल्न नसकेको समेत प्रहरीले जनाएको छ।

आर्थिक बर्ष २०७६÷०७७ सुरु भएपछि बरामद गरिएका १९ मोटरसाईकलका धनी अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। अन्य चोरीका मोटरसाईकल समेत चोरीमा संग्लन सहित नियन्त्रणमा लिएर मुद्धा दर्ता गरिएपनि सवारी धनी खुल्न नसक्दा १९ वटा मोटरसाईकल चोरीका घटनामा भने मुद्धा पनि दर्ता गर्न नसकिएको प्रहरीले जनाएको छ।

‘सवारी धनी नभए सम्म मुद्धा गर्न मिल्ने प्रावधान पनि छैन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘अहिले पनि चोरीमा संग्लन धेरै आरोपी थुनामा छन्, सवारी धनी नखुल्दा केही भने छुटिसकेका छन्।’

जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरिएका १९ मोटरसाईकलको नम्वर, च्यासिस नम्वर र ईन्जिन नम्वर सार्वजनिक भएकाले सवारी धनीलाई सम्पर्क गर्न समेत आग्रह गरेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 

 

कमेन्ट लोड गर्नुस