सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हाजिरीजवाफ प्रतियोगिता सुरु

२०७६ भदौ १०, ०६:४३ खबर संवाददाता

धनगढीमा एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीको आयोजनामा धनगढीमा दुई दिने एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सुरु भएको हो। पहिलो दिन लिग चरणको प्रतियोगिता सम्पन्न भएको छ। पहिलो दिन चार टीम बाहिरिदा ६ टीम फाईनल चरणमा प्रवेश गरेका छन्। दुबै समुहबाट प्रथम द्धितीय र तृतीय हुने टीम फाईनल चरणमा प्रवेश गरेका हुन्।

चौथो र पाँचौ हुने टीम बाहिर भएका हुन्। समुह ए बाट कैलाली वहुमुखी क्याम्पस ७५ अंक सहित पहिलो, त्रिनगर उच्च मावि ७० अंक सहित दोस्रो र एक्सीस विद्याश्रम ५५ अंक सहित तेस्रो भएर फाईनल चरण पुगेका छन्। ४५ अंक पाएको ऐश्वर्य विद्या निकेतन चौथो र २० अंक पाएको शारदा उच्च मावि भने पहिलो चरणबाट बाहिरिए। समुह बी बाट एक सय ४५ अंक पाउँदै सुदुरपश्चिमाञ्चल एकेडेमी पहिलो भएर फाईनल चरण पुग्यो। यो समुहबाट ९० अंक पाउँदै नाष्ट उच्च मावि दोस्रो र ७५ अंक पाउँदै ग्यालेक्सी उच्च मावि तेस्रो भएर फाईनल चरण पुगेका छन्।

समुह बी बाट कैलाली मोडेल उच्च मावि ७० अंक सहित चौथो र ३० अंक सहित पाँचौ भएर बाहिरिरएका छन्। फाईनल चरणको खेल वुधबार हुनेछ। हाजिरीजवाफ प्रतियोगिताको विजेतालाई नगद १५ हजार सहित ट्रफी मेडल र आईईएलएसमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ। उपविजेताले नगद १० हजार सहित ट्रफी मेडल र आईईएलएसमा ५० प्रतिशत छुट पाउनेछ। त्यसैगरी तेस्रो हुने टीमले नगद ५ हजार सहित ट्रफी मेडल र आईईएलएसमा २५ प्रतिशत छुट पाउनेछ। त्यसैगरी सहभागी टीमलाई पनि आईईएलएसमा १० प्रतिशत छुटको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले जनाएको छ।

कमेन्ट लोड गर्नुस