सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोस्रो अन्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन : शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसंग एनसेलको सहकार्य

। फोटो स्रोत ।
२०७६ भदौ १०, ११:५५ खबर संवाददाता

एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्तराष्ट्रिय  गुणस्तरीय शिक्षा सम्मेलन २०१९ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ। यस सहकार्य अन्तर्गत आयोजना गरिएको तीन दिने सम्मेलन सोमबार समापन भएको छ। 

तीन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षकशिक्षिकाहरु लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो। गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु सञ्चालन भएका थिए। सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षक शिक्षिकासहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जनाभन्दा बढीको सहभागिता रहेको थियो। त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिति रहेको थियो। 

शिक्षा क्षेत्रको विकासका लागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेललको यस सहकार्यको उदेश्य रहेको छ। दोस्रो अन्तर्रा्ष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षाक्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भुमिका खेल्नेछ।  

सम्मेलन गत शनिवार सुरु भएको थियो। ‘२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरण देखि नै कक्षामा गुणस्तरीय शिक्षाप्रदान गरेर मात्रै हाषिल गर्न सकिन्छ। गरेर सिक्ने विधिमा जोड दिँदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण रहेको  उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बताए।

सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीको उपस्थिति रहेको थियो। सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भइरहेको उनले बताए। उनले सम्मेलनमा सहभागि शिक्षक शिक्षिकाहरुलाई आफूले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाका विकासका लागि कक्षा कोठामा लगेर बाँड्न पनि भने। 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले आवश्यक समय सापेक्ष तालिमबाट वञ्चित सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्लेटफर्म प्रदान गर्दै उनीहरलाई अझ सशतm बनाउन सहयोग पुर्याउनमा एनसेलको यो सहकार्य केन्द्रित रहेको बताए। उनले भने, यस अन्तराष्ट्रिय सम्मलेनमार्फत सिकाइका अवसरहरु प्रदान गर्नु हाम्रो उदेश्य हो।’

कमेन्ट लोड गर्नुस