कैलाली र कञ्चनपुरबाट ७ लाख बढीको भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट ७ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।
दुई जिल्लाबाट प्रहरीले ७ लाख १६ हजार ७ सय ५० रुपैया बराबरको अवैध सामान बरामद गरेको हो। कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट २ लाख २० हजार बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ। उक्त मुल्य बराबरको मोबाईल थान सेट–११ सहित भारत मध्यप्रदेश जिल्ला रबिर जलगाउँ बस्ने ३२ वर्षीय अजय सन्त राम जाधवलाई बुधबार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागी सत्ति भन्सार कार्यालय कैलाली पठाईएको जनाएको छ।
यसैगरी कैलालीकै विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख २७ हजार २०० बराबरको सुपरपावर, बिडी, सिष्टम र सिस्टम मसला लगायत सामान बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो। उता कञ्चनपुरको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ६९ हजार ५५० बराबरको चप्पल, कपडा लगायत अन्य सामान बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।