सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जडिबुटी प्रशोधन केन्द्र निर्माण भएको एक बर्ष सम्म सञ्चालन भएन

२०७६ भदौ ९, ०७:०३ रोशन भट्ट

धनगढीमा तीन कारोड लागतमा निर्माण गरिएको जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ढिलाई भएको छ। संघीय सरकारको बजेटमा धनगढी उप–महानगरपालिकाको वडा नम्वर १५ उर्मामा झण्डै एक वर्ष अगाडी निर्माण सम्पन्न भएको जडिवुटी प्रशोधन केन्द्र अझै सञ्चालनमा नआएको हो। २०७४ को साउन महिना देखि निर्माण सुरु गरिएको प्रशोधन केन्द्रको निर्माण अवधि २०७५ को चैत सम्म भएपनि असोजमा निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ।

गत वर्षको असोजमा निर्माण सम्पन्न भएको प्रशोधन केन्द्रलाई गत फागुनमा उप–महानगरपालिकालाई हस्तान्तरण गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका ईन्जिनियर मोहनराज अवस्थीले बताए। ‘चार करोड १२ लाखको डिजाइज स्टीमेट रहेको उक्त भवन निर्माणका लागि दुई करोड ९५ लाखमा सम्झौता भएको थियो,’ उनले भने, ‘प्रशोधन केन्द्रका लागि संघीय सरकारले एक भवन, चौकिदार आवास, कम्पाउण्ड वाल, विद्युतीकरण सहित अन्य आवश्यक भौतिक संरचना निर्माण गरिएको छ।’

उप–महानगरपालिकाले स्वामित्व ग्रहण गरेको झण्डै पाँच महिना पछि गत साउन २२ गते मात्रै सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई दिन आशयपत्रको सूचना आव्हान गरेको छ। विभिन्न निकायसंग छलफल गर्दा संञ्चालन गर्न समय लागेको उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले बताए। उनले संञ्चालनको लागि आशयपत्र आव्हान गरेको समय सकिदा पनि कसैको आवेदन नपर्दा पुनः बैठक बस्ने तयारी भईरहेको बताए। सुदूरपश्चिम प्रदेशमा पाईने जडिवुटीको कच्चा पदार्थलाई प्रशोधन गरि विभिन्न किसिमका औषधी उत्पादन गर्दै प्रदशमै उपलब्ध गराउनुको साथै अन्यन्त्र निर्यात गर्ने उद्देश्य राखिएको छ।

प्रशोधन केन्द्र संञ्चालनमा आए स्थानीय स्तरमा रोजगारीे सृजना हुनुको साथै अन्य जडीवुटी पहिचानमा समेत टेवा पुग्ने विश्वस लिईएको छ। आर्थिक वर्ष २०७३/०७४ को बजेटमा तराई–मधेसका जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रुपमा विकास गरी आधुनिक सहरमा रुपान्तरण गर्ने योजना अनुसार सघन सहरी विकास कार्यक्रम लागु भएको थियो। सोही कार्यक्रम अनुसार धनगढीमा जडिववुटी प्रशोधन केन्द्र पनि निर्माण गरिएको हो। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस