सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५ हजार जनसंख्याका लागि एक जना मात्रै डाक्टर

२०७६ भदौ ९, ०५:४३ खबर संवाददाता

रोल्पामा करिव २५ हजार जनसंख्याका लागि एक डाक्टरको पहुँच रहेको देखिएको छ। जिल्लामा रहेको २ लाख २४ हजार बढी जनसंख्याका लागि १० जना मात्रै डाक्टरले सेवा दिइरहेका छन्। 

रोल्पा अस्पताल रेउघामा ४ जना डाक्टरहरुले सेवा दिइरहेका छन्। यसैगरि जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा ३ सहित ७ जना डाक्टरले सरकारी संस्थाबाट सेवा दिइरहेका छन्। जिल्लामा ३ वटा निजी अस्पतालबाट ३ जना डाक्टरले सेवा दिइरहेको बताइएको छ।

१५ सैयाकोे रोल्पा अस्पतालमा २ जना करार र २ स्थायी गरि ४ जना डाक्टरले सेवा प्रवाह गरिरहेका छन्। सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा २ र होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ डाक्टरले सेवा दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोख्रेलले जानकारी दिए। उनले भने, ‘सदरमुकाम लिबाङ, सुलिचौर र घर्तीगाउँमा रहेका एक÷एक निजी अस्पतालहरुमा समेत डाक्टरले सेवा दिइरहेका छन्।

उनका अनुसार दक्ष चिकित्सकको पहुँचबाट टाढा रहेका रोल्पालीहरु सामान्य बिरामी पर्दा समेत जिल्ला बाहिर जानु पर्ने बाध्यतामा छन्। ‘सामान्य बिरामी पर्दा समेत ठूलो खर्च गरेर जिल्ला बाहिर जानु पर्छ’, रोल्पा नगरपालिका ४ की उमा केसीले भनिन, ‘डाक्टरको संख्या नै कम छ, भएका डाक्टरवाट पनि विशेषज्ञ सेवा पाइँदैन।’ जिल्लावासीको स्वास्थ्यलाई ध्यान दिएर विशेषज्ञ सेवा सहितको चिकित्सक राख्नुपर्ने उनको माग छ।

जिल्लामा रहेका स्वास्थ्य संस्थामा सामान्य संरचना, जनशक्ति र श्रोत साधन नहुँदा सानातिना बिरामी समेत जिल्ला वाहिर रेफर गर्नु परेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले बताए।राज्यले रोल्पालाई अझै पनि विभेद गरेको उनको गुनासो छ।
 

कमेन्ट लोड गर्नुस