कञ्चनपुरका एक जना लागुऔषधसहित पक्राउ
२०८३ वैशाख ५, ०७:५४
कञ्चनपुरः कञ्चनपुरका एक जना लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको बेलडाँडी गाउँपालिका–२ क्याम्प स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम ८४० मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–४ बैवाह बस्ने २० वर्षीय बासुदेब महरालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ।
कमेन्ट लोड गर्नुस