सुदूर नेपाललाई विश्वसँग जोड्दै

जबरजस्ती करणी अभियोगमा कञ्चनपुरका एक जना पक्राउ

२०८३ वैशाख ५, ०७:५० खबर संवाददाता

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने ३२ वर्षीय राज कुमार रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। राजकुमार रानाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस