कैलालीमा भन्सार छलि गरिएका सामान बरामद
कैलाली: जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका विभिन्न सामानहरू बरामद गरेको छ।
बिहीबार जिल्लाका विभिन्न स्थानहरूमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका किराना तथा हार्डवेयर लगायतका सामग्री फेला पारेको हो। बरामद गरिएका सामानहरूको अनुमानित मूल्य रु. १ लाख ५९ हजार २०० बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।