सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री वालेन्द्र शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

२०८२ चैत्र २९, ०१:०६ खबर संवाददाता

काठमाडौँः युट्युबमा प्रधानमन्त्री वालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका– ७ घर भएका रोशन पोखरेल रहेका छन्।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो। प्रहरीका अनुसार पोखरेलले हेड्स नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए। उक्त च्यानलमार्फत सार्वजनिक गरिएका सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका पोखरेलमाथि साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस